उत्कृष्ट तीन खेलाडीलाई पल्सर

बिहीबार नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा समूहबीच सम्झौता भएको छ ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

Pulsars awarded to the best three players

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि गोल्छा समूहको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा समूहबीच सम्झौता भएको छ ।

सम्झौतामा क्यानका सचिव पारस खड्का र गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे । सम्झौताअनुरूप गोल्छा समूहले एनपीएलका उत्कृष्ट तीन विधाका खेलाडीलाई पल्सर मोटरसाइकल एन १६० दिने भएको छ ।

सर्वाधिक रन, सर्वाधिक विकेट र उदीयमान खेलाडीले उक्त मोटरसाइकल पाउने गोल्छा समूहले जनाएको छ । निर्देशक गोल्छाले पल्सर मोटरसाइकल खेलकुद र युवासँग जोडिएको ब्रान्ड भएकाले एनपीएलमा आबद्ध भएको बताए । एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदै छ । 

कान्तिपुर संवाददाता

Link copied successfully