न्युकासल पुग्यो लिगकपको क्वार्टरफाइनलमा

अब क्वार्टरफाइलनमा न्युकासलले फुलहम, आर्सनलले प्यालेस, चेल्सीले कार्डिफ तथा सिटीले ब्रेन्टफोर्डको सामना गर्नेछ ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

Newcastle reach the quarter-finals of the League Cup

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन न्युकासल युनाइटेडले बुधबार लिगकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ । उसले टोटनहमलाई २–० ले पराजित गरेर अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

अन्य खेलमा आर्सनलले ब्राइटनलाई २–०, क्रिस्टल प्यालेसले लिभरपुललाई ३–०, म्यानचेस्टर सिटीले स्वान्सीलाई ३–१ र चेल्सीले उल्भ्सलाई ४–३ ले हरायो ।

अब क्वार्टरफाइलनमा न्युकासलले फुलहम, आर्सनलले प्यालेस, चेल्सीले कार्डिफ तथा सिटीले ब्रेन्टफोर्डको सामना गर्नेछ । अन्तिम आठमा पुग्ने टिममध्ये कार्डिफ मात्र इंग्लिस प्रिमियर लिग बाहिरको टिम रहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully