कुम्मायकले हिलिहाङ गाउँपालिकालाई १–० गोलले हराएर१ लाख १ सय ७३ रुपैयाँ पुरस्कार राशिको उपाधि जित्यो ।
पाँचथर — कुम्मायक गाउँपालिकाले पाँचथरको फिदिममा आयोजित आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
कुम्मायकले हिलिहाङ गाउँपालिकालाई १–० गोलले हराएर१ लाख १ सय ७३ रुपैयाँ पुरस्कार राशिको उपाधि जित्यो ।
उपविजेता हिलिहाङले ५० हजार १ सय ७३ रुपैयाँ पायो ।
वर्षाले गर्दा हिलाम्ये मैदानमा बिहीबार साँझ सम्पन्न फाइनलमा कुम्मायकका सुदीप लावतीले गरेको गोल नै निर्णायक बन्यो ।
नेपाल तरुण दलको ७३ औं स्थापना दिवसका अवसरमा नेपाल तरुण दल पाँचथरले आयोजना गरेको प्रतियोगिता कात्तिक १० देखि सुरु भएको थियो ।
प्रतियोगितामा जिल्लाको एक नगरपालिका र ७ गाउँपालिका गरी ८ स्थानीय तहका फुटबल टिम सहभागी थिए ।
