विजेताले १ लाख १ सय ७३र उपविजेताले ५० हजार १ सय ७३ रुपैयाँसहित ट्रफी जित्नेछन् ।
पाँचथर — फिदिममा जारी आठौं तरुण गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका सेमिफाइनल पुगेका छन् ।
फिदिमले मिक्लाजुङलाई ४–२ र हिलिहाङले तुम्वेवालाई ५–० गोलले हराएर अन्तिम चारमा स्थान बनाएको हो । बुधबार सेमिफाइनलमा कुम्मायक गाउँपालिकाले फाल्गुनन्द गाउँपालिका तथा फिदिमले हिलिहाङ गाउँपालिकाविरुद्ध खेल्नेछन् ।
नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसरमा प्रतियोगिता गरिएको हो । फिदिम माविको मैदानमा भएको प्रतियोगिताको फाइनल कात्तिक १३ मा हुनेछ । विजेताले १ लाख १ सय ७३र उपविजेताले ५० हजार १ सय ७३ रुपैयाँसहित ट्रफी जित्नेछन् ।
