यससँगै डिफेन्डिङ च्याम्पियनको अग्रताले तीन अंक छोएको छ ।
काठमाडौँ — नेपोलीले इटालीको 'सिरी ए' को शीर्षमा कायम रहने क्रममा मंगलबार लिसलाई १–० ले हराएको छ । यससँगै डिफेन्डिङ च्याम्पियनको अग्रताले तीन अंक छोएको छ । एसी मिलानले भने अर्को खेलमा १–१ को बराबरी खेल्यो ।
यो नतिजाले पनि नेपोलीलाई थप फाइदा पुगेको हो । नेपोलीको नौ खेलबाट २१ अंक भएको छ भने मिलान समान खेलबाट १८ अंकमा रह्यो ।
स्टाडियो भिआ डेल मारेमा प्राप्त जितमा नेपोलीका लागि आन्द्रे फ्रान्कले निर्णायक गोल गरे । गेविस स्टेडियममा भने मिलानले सामुएल रिकीको गोलले अग्रता लिएको थियो । तर एडेमोला लकुमनले एटलान्टाका लागि बराबरी गोल फर्काए ।
