बुधबार सम्पन्न सेमिफाइनलमा हिलिहाङले फिदिम नगरपालिकालाई ३–१ ले हराएको थियो । फाल्गुनन्द गाउँपालिकाविरुद्ध कुम्मायक २–० ले विजयी भयो ।
पाँचथर — हिलिहाङ र कुम्मायक गाउँपालिका फिदिममा भइरहेको आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् ।
बुधबार सम्पन्न सेमिफाइनलमा हिलिहाङले फिदिम नगरपालिकालाई ३–१ ले हराएको थियो । फाल्गुनन्द गाउँपालिकाविरुद्ध कुम्मायक २–० ले विजयी भयो ।
फाइनल खेल बिहीबार फिदिम माविको खेल मैदानमा हुने आयोजक तरुण दल पाँचथरका सदस्य गजेन्द्र तुम्बापोले जानकारी दिए । विजेताले एक लाख एक सय त्रिहत्तर र उपविजेताले ५० हजार १ सय त्रिहत्तर रुपैयाँ पुरस्कार पाउनेछन् ।