यसअघि कर्णालीले हस्पिटालिटी पार्टनरमा होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।
काठमाडौँ — कर्णाली याक्सले एसियन पेन्ट्सलाई सह–प्रायोजकको रूपमा भित्र्याएको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्सका मार्केटिङ सहायक प्रबन्धक आस्था सत्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हो । कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रबन्धक अंकिता श्रेष्ठ पनि उपस्थित रहिन् ।
निर्देशक घिमिरेले पेन्ट्ससँग जोडिएर दोस्रो संस्करणको एनपीएलका लागि कर्णाली तयार रहेको बताए । यसअघि कर्णालीले हस्पिटालिटी पार्टनरमा होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।
कर्णाली याक्सले ट्रफी टुर कर्णाली प्रदेशका विभिन्न सहर, धार्मिकस्थल र पर्यटकीय क्षेत्रमा नोभेम्बर २ मा र ट्यालेन्ट हन्ट नोभेम्बर ५ मा आयोजना गर्ने कार्यक्रम छ ।
