जीएचसीएलाई यू–१४ क्रिकेट उपाधि

सिफल मैदानमा सोमबार फाइनलमा जीएचसीएले किंग्स क्रिकेट एकेडेमीलाई ४१ रनले हरायो ।

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

GHCA wins U-14 cricket title

काठमाडौँ — ग्रेट हिमालय क्रिकेट एकेडेमी (ललितपुर) ले राइजिङ स्टार यू–१४ ब्वाइज क्रिकेट प्रतियोगिता जितेको छ ।

सिफल मैदानमा सोमबार फाइनलमा जीएचसीएले किंग्स क्रिकेट एकेडेमीलाई ४१ रनले हरायो । टस जितेर ब्याटिङ गरेको जीएचसीएले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ६३

रन बनायो । प्लेयर अफ द म्याच आनन्द ठाकुरले ४५ बलमा अविजित ७५, शिशिर ओलीले २१ बलमा ३० र दीक्षान्त मिश्रले ३३ बलमा १४ रन बनाए । किंग्सका प्रनिश गिरी र एकेन्द्र बुढाले १–१ विकेट लिए ।

किंग्सले ९ विकेट गुमाई १ सय २२ रनमात्र बनाउन सक्यो । सान्तनु बस्नेतले ४४ बलमा ३९, एकेन्द्रले १३ बलमा १९ र प्रज्ञान पाण्डेले १० बलमा १९ रन बनाए । जीएचसीएका कमल शाहीले २, शिशिर र समीप कार्कीले १–१ विकेट लिए ।

ओएसिसका विशाल बुढा बेस्ट ब्याटर, काभ्रे एकेडेमीका स्पर्श पोखरेल वेस्ट बलर र काठमाडौं क्रिकेट एकेडेमीका भोजराज जोशी इमर्जिङ प्लेयर चुनिए । जीएचसीएका कमल शाही प्लेयर अफ द सिरिज बने ।

कान्तिपुर

Link copied successfully