स्पेनी ला लिगामा सोमबार राति रियल बेटिसलाई २–० ले हराएर अंक तालिकाको चौथो स्थानमा उक्लेको हो ।
काठमाडौँ — एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा सोमबार राति रियल बेटिसलाई २–० ले हराएर अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । यो जितपछि उसको १० खेलबाट १९ अंक भएको छ ।
स्टाडियो डे ला कारटुजामा भएको खेलमा एटलेटिकोका लागि गिलियानो सिमोनी र एलेक्स बेनाले १/१ गोल गरे । यो सिजन डिएगो सिमोनीको टिमले क्लिन सिट बनाएको यो दोस्रो अवसर मात्रै हो ।
हारपछि बेटिस भने १६ अंकमा छैटौं स्थानमा रह्यो । युरोपेली च्याम्पियन्स लिगमा आर्सनलको हातबाट पछिल्लो साता ४–० को हार बेहोरेयता एटलेटिकोले यो चोट बिर्साउने जित निकालेको हो ।
