अल क्लासिकोमा रियल विजयी

यससँगै रियलले शीर्ष स्थानमा ५ अंकको पनि अग्रता लिएको छ । रियलको १० खेलबाट २७ अंक भएको छ ।

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

Real Madrid win in El Clasico

काठमाडौँ — जुड बेलिङघमले गरेको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी बार्सिलोनालाई २–१ ले पराजित गरेको छ ।

यससँगै रियलले शीर्ष स्थानमा ५ अंकको पनि अग्रता लिएको छ । रियलको १० खेलबाट २७ अंक भएको छ ।

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले गत सिजन रियलविरुद्धका सबै ४ खेल जितेको थियो । तर रियलले आफ्ना प्रशिक्षक ज्याबी एलोन्सोको नेतृत्वमा पहिलो अल क्लासिको जितेको छ । बार्सिलोना भने दसै खेलबाट २२ अंकमा दोस्रो स्थानमा रह्यो ।

रियलले २२ औं मिनेटमा केयलिन एमबापेको गोलले अग्रता लिएको थियो । लगतै फेरमिन लोपेजले ३८ औं मिनेटमा बार्सिलोनाका बराबरी गोल फर्काए । बेलिङघमले ४३ मिनेटमा निर्णायक गोल गरे । एमबापे दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्न भने चुके ।

कान्तिपुर संवाददाता

Link copied successfully