भिल्लारियलका लागि जेरार्ड मोरेनोले पहिलो हाफको ४५ औं मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरे । यो लिगमै जेरार्डको पहिलो गोलले भिल्लारियललाई अग्रता दिलायो ।
काठमाडौँ — भ्यालेन्सिया फुटबल क्लब र भिल्लारियल फुटबल क्लबबीच भएको स्पेनिस लालिगामा ०–२ गोल गर्दै भिल्लारियलले जितेको छ ।
भ्यालेन्सियाको मेस्टाला स्टेडियममा भएको खेलमा भिल्लारियलले एकलौटी जित हात पारेको हो ।
भिल्लारियलका लागि जेरार्ड मोरेनोले पहिलो हाफको ४५ औं मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरे । यो लिगमै जेरार्डको पहिलो गोलले भिल्लारियललाई अग्रता दिलायो ।
दोस्रो हाफको ५७ औं मिनेटमा सान्टी कोमेसानाको गोलले भिल्लालाई २–० ले अगाडि बनायो । त्यसपछि भ्यालेन्सियाले कैयौं कोसिस गरे पनि गोल गर्न सकेन र भिल्लारियलले जित प्राप्त गर्यो ।
भिल्लारियल क्लब लिगको तेस्रो स्थानमा छ भने भ्यालेन्सिया १५औं स्थानमा रहेको छ ।