अमेरिकाद्वारा नेपाललाई ठूलो लक्ष्य

अमेरिकाले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेली ६ विकेट गुमाउँदै २ सय ६२ रन बनाएको हो ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

America sets a big goal for Nepal

What you should know

काठमाडौँ — मिलिन्द कुमारले खेलको अन्त्यमा आक्रामक अर्धशतक बनाएपछि अमेरिकाले विश्वकप लिग २ क्रिकेटमा आइतबार नेपाललाई २ सय ६३ रनको लक्ष्य दिएको छ ।

नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको अमेरिकाले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेली ६ विकेट गुमाई २ सय ६२ रन बनाएको हो । लिग २ को यात्रामा सानदार प्रदर्शन गर्दै आएका मिलिन्दले ५० बलमा अविजित ७० रन बनाए । जसको कारण अमेरिकाले अन्तिम ५ ओभरमा ५१ रन बनाएको थियो । मिलिन्दले ६ चौका र २ छक्का प्रहार गरे । उनीसँगै अविजित रहेका हर्मित सिंहले ६ बलमा २ छक्कासहित अविजित १६ रन बनाए ।

यसअघि आन्द्रेज गाउस र स्मित पटेलले अमेरिकालाई संयम सुरुआत दिलाउन खोजेका थिए । गाउस २९ बलमा ११ रन बनाई ८ औं ओभरमा आउट भए, जतिखेर अमेरिकाको कुल स्कोर १७ रन थियो । कप्तान मोनाक पटेललाई आरिफ शेखले १० रनमा एलबीडब्लू आउट गरे ।

स्मित र साइतेजा मुकामल्लाले तेस्रो विकेटमा ९५ रन जोडेर अमेरिकाको स्थितिलाई सुदृढ बनाए । स्मित १ सय बल खेलि ९ चौका प्रहार गरि ७५ रन बनाएर एलबीडब्लु आउट भए । मुकामल्लाले ५८ बल खेलि ३ चौका र १ छक्का प्रहार गरि ४२ रन बनाए । सायन जहागिर ११ र सुभम रन्जने १९ रनमा आउट भए ।

नेपालबाट सन्दीप लामिछानेले १० ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । त्यस्तै सोमपाल, आरिफ र दीपेन्द्रसिंहले १–१ विकेट लिए । अमेरिका २० खेलमा २८ अंक जोडि दोस्रो र नेपाल १६ खेलमा १२ अंक जोडि आठ राष्ट्र सहभागी प्रतियोगिताको सातौं स्थानमा छ । 

कान्तिपुर

Link copied successfully