अन्य खेलमा ठूला टिम रियल म्याड्रिड, बायर्न म्युनिक र चेल्सी सबै विजयी रहे । लिभरपुल यसअघिका चार खेलमा पराजित रहेको थियो ।
काठमाडौँ — लिभरपुल फेरि बुधबार राति जितको बाटोमा फर्केको छ र उसले युरोपेली च्याम्पियन्स लिगमा इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१ ले हरायो ।
अन्य खेलमा ठूला टिम रियल म्याड्रिड, बायर्न म्युनिक र चेल्सी सबै विजयी रहे । लिभरपुल यसअघिका चार खेलमा पराजित रहेको थियो ।
तर जर्मनी भूमिमा इंग्लिस च्याम्पियन एक गोलले पछाडि रहेको स्थितिबाट जित निकाल्न सफल रह्यो । उसका लागि ह्युगो एकिटिके, भर्जिल भान डाइक, इब्राहिम कोनाटे, कोडी गाक्पो र डोमिनिक सबोसलाईले गोल गरे । रियलले भने युभेन्ट्सलाई १–० ले हरायो ।
त्यसमा जुड बेलिङघमले निर्णायक गोल गरे । बायर्नले भने क्लब ब्रुगलाई ४–० ले हरायो । लयमा रहेका दुई खेलाडी ह्यारी केन र लुइस डियाजले त्यसमा एक एक गोलको योगदान दिए । चेल्सी पनि आयाक्समाथि ५–१ को प्रभावशाली जित निकाल्न सफल रह्यो ।
अन्य खेलमा स्पोर्टिङ लिस्वनले मार्सेमाथि २–१ को जित दर्ता गर्यो । यस्तै एथलेटिको बिलबाओले कोराबाग र गालाटासारेले बोडो/ग्लिम्टलाई समान ३–१ को स्कोरले हरायो । मोनाको र टोटनहम तथा एटलान्टा र क्लब ब्रुगले भने समान गोलरहित बराबरी खेले ।
