यस्तै बार्सिलोनाले फेरमिन लोपेजको ह्याट्रिकको मदतले ओलम्पियाकोजलाई ६–१ ले हरायो । मार्कस रसफोर्डले पनि दुई गोलको योगदान गरे ।
काठमाडौँ — युरोपेली च्याम्पियन्स लिगमा मंगलबार भएका खेलमा गोलको वर्षा भएका छन् । एकपछि अर्को खेलमा ठूल ठूलो अन्तरको जित हारको नतिजा देखिएको हो ।
डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बायर लेभरकुजनलाई ७–२ ले हरायो । त्यसमा डेसार डोउले दुई गोल गरे ।
पीएसजी आयनहोभनले नेपोलीलाई ६–२ ले पराजित गर्यो । डेनिस मानले आयनहोभनका लागि दुई गोल गरे । यस्तै बार्सिलोनाले फेरमिन लोपेजको ह्याट्रिकको मदतले ओलम्पियाकोजलाई ६–१ ले हरायो । मार्कस रसफोर्डले पनि दुई गोलको योगदान गरे । यस्तै आर्सनल एटलेटिको म्याड्रिडमाथि ४–० ले विजयी रह्यो ।
यो खेलमा दुई गोल भिक्टोर ग्याकेरेसको नाममा रह्यो । इन्टर मिलान पनि युनियन सेन्ट गिलोसमाथि ४–० ले नै विजयी रह्यो । बोरुसिया डर्टमुन्डले भने कोपेनहेगनमाथि ४–२ को जित निकाल्न सफल रह्यो । म्यानचेस्टर सिटीले भने भिल्लारियलको चुनौती २–० ले समाप्त पार्यो ।
न्युकासल युनाइटेड पनि आफ्नो घरमा बेनफिकालार्य सजिलै ३–० ले पराजित गर्न सफल रह्यो । आल्माटी र पाफोसाबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो । मंगलबार राति कुल नौ खेल भएकोमा ४३ गोल निस्केको हो । पीएसजी, इन्टर र आर्सनल तीन खेलबाट नौ अंक बटुलेर शतप्रतिशत सुरुआत लिन सफल रहेका छन् ।
