फेरि सम्झिइए डिकी बर्ड

बोइकट पनि अब ८४ वर्षका भए । उनीहरूले कुनै समय योर्कसायरमा सँगै खेले पनि । बर्ड जति बेला १५ वर्षका थिए, त्यही बेलादेखि बोइकटसँग उनको चिनजान भएको थियो ।

कार्तिक ४, २०८२

एएफपी

Remembering Dicky Bird again

What you should know

लन्डन — सबैले फेरि एकपल्ट मानेका छन्, डिकी बर्ड जक्तिको व्यक्तित्व विश्व क्रिकेटमा फेरि दोहोरिएर देख्न पाइने छैन । महान अम्पायर मानिएका बर्डको आइतबार अन्त्येष्टि गरिएको छ र उनलाई नजिकबाट चिन्ने जतिले श्रद्धाञ्जली पोखे । विश्व क्रिकेटलाई बर्डले लगाएको गुनका लागि उनको पुराना साथी जेफ्री बोइकटले सम्झे । 

माइकल भन पनि बर्डको काम अगाडि नतमस्तक रहे । गत सेप्टेम्बरमा ९२ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको जन्म घर ब्रान्सलीको मेरिज चर्चमा आयोजित विशेष अन्त्येष्टि कार्यक्रममा सबैको एक मत थियो, उनी कहिले सम्झनाबाट टाढिने छैनन् । 

बोइकट पनि अब ८४ वर्षका भए । उनीहरूले कुनै समय योर्कसायरमा सँगै खेले पनि । बर्ड जति बेला १५  वर्षका थिए, त्यही बेलादेखि बोइकटसँग उनको चिनजान भएको थियो ।

आफ्नो प्रिय साथीको बयान गर्ने क्रममा बोइकटले बर्ड निकै सजिलो मान्छे रहेको र बीचबीच ख्यालठट्टा पनि उत्तिकै गर्नुपर्ने बताए । उनले अन्त्येष्टि कार्यक्रममा सम्बोधन गर्दै भने, ‘उनी जत्तिको प्रसिद्ध र सबैले चिनिएका अम्पायर अरू कोही थिएन, हुने पनि छैनन् । सबैभन्दा ठूलो उनी अम्पायरको काममा उत्कृष्ट रहे । उनी आफैंमा विशेष थिए र यस्तो व्यक्तित्व दोहोर्‍याएर हेर्न पाइने छैन ।’

बर्डको कफिनलाई चर्चमा प्रवेश गराउँदा पृष्ठभूमिमा एडवार्ड इल्गरको गीत बजाइएको थियो । कफिनको माथि बर्डले प्रसिद्ध बनाएको सेतो टोपी राखिएको थियो । त्यति मात्र होइन, कफिनलाई टेस्ट क्रिकेट खेल्न सबै देशको झन्डा पनि सम्मानले छोपिएको थियो । योर्कसायरका अध्यक्ष कोलिन ग्रेभ्सले पनि भने, ‘उनी हाम्रो परिवारकै एक सदस्य जस्तै हुन्, उनलाई कहिले पनि बिर्सन सकिने छैन ।’

बर्डले योर्कसायरकै लागि प्रथम श्रेणीको क्रिकेट खेले, तर ३२ वर्षमै खेल्न पनि छाडे । त्यसका कारण थियो, अम्पायर बन्न । उनले कीर्तिमान ६६ टेस्टमा अम्पायरको भूमिका निभाए । यस्तै उनले ६९ एकदिवसीय अन्तर्राष्ट्रियमा पनि निर्णायकको भूमिका रहे, त्यसमध्ये तीन एकदिवसीय विश्वकपका फाइनल पनि छन् । अम्पायर भए तापनि उनी खेलाडीसँग नजिकको सकारात्मक सम्बन्धमा रहन्थे ।

खेलकै क्रममा अम्पायर भएर पनि हाँसोको स्थिति बनाउन सफल हुने बार्डले आफ्नो आत्मकथा पनि लेखे र यसको बिक्री दस लाख प्रति भन्दा बढी भएको थियो । यसले पनि देखाउँछ, उनी साँच्चै कति धेरै लोकप्रिय थियो भनेर । खासमा खेलाडीका लागि पनि बर्डको ख्याति लोभलाग्दो हुने गर्थ्यो । भनले पनि भने, ‘उनको विवाह क्रिकेटसँग भएको थियो र उनको घर थियो, हेडिङले ।’

उनले थपे, ‘हामी सबै उनीप्रति सद्भावपूर्ण श्रद्धाञ्जली पोख्छौं । विश्वभरिका जति पनि क्रिकेट मन पराउने आम दर्शक छन्, तिनको अनुहारमा खुसी ल्याउने हैसियत राख्थे बर्ड । योर्कसायर मात्र होइन, पूरा विश्वमै उनलाई मन पराउनको संख्या धेरै छ ।’ बर्डले जति समय क्रिकेट मैदानको बीचमा सेतो लुगा लगाएर बसे, खेलाडीहरू जति सबै उनीप्रति आदर र सम्मानले नतमस्तक हुने गर्थे । 

एएफपी

Link copied successfully