लिभरपुलको समस्या झन्–झन् चर्किंदै

प्रिमियर लिगको पहिलो ५ खेल जितेको लिभरपुलले पछिल्लो समय लगातार ४ खेल हारिसकेको छ

कार्तिक ४, २०८२

एएफपी

Liverpool's problems are getting worse.

What you should know

लन्डन — आर्सनलले यो सप्ताहान्तका खेलपछि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता खोलेको छ । च्याम्पियन लिभरपुलले भने लगातार चौथो खेल गुमाएको छ । म्यानचेस्टर युनाइटेडको हातबाट लिभरपुल २–१ ले पराजित भयो । एनफिल्डमा युनाइटेड विजयी रहेको सन् २०१६ यता पहिलो पटक हो । 

यसले दबाबमा रहेका प्रशिक्षक रुबने एमोरिमलाई पक्कै पनि ठूलै राहत दिएको छ । आफ्नो बलियो रक्षापंक्तिको मदतले आर्सनलले फुलहमलाई १–० ले हराएको हो र यससँगै अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको हो । इर्लिङ हालान्ड भने फेरि एकपल्ट म्यानचेस्टर सिटीका लागि जित दिलाउने खेलाडी सावित भए । उनको दुई गोलको मदतले सिटीले एभरटनलाई २–० ले पराजित गर्‍यो । प्रिमियर लिगका लागि यो साता कस्तो रह्यो त ? एएफपीले तीन बुँदामा गरेको विश्लेषण ।

के भयो लिभरपुललाई ?

२०१४ को नोभेम्बरयता लिभरपुल पहिलो पटक लगातार चार खेलमा पराजित भएको छ र यसले स्वाभाविक रूपमा प्रश्न उठेको छ, सिजनको सुरुमा क्लबले खर्चेको करोडौं डलरको के अर्थ रह्यो र ? लिभरपुलले आफ्नो आक्रमणलाई अझ बलियो बनाउन भनेर मात्र पछिल्लो ‘ट्रान्सफर विन्डो’ मा अविश्वसनीय ढंगले ६० करोड डलरभन्दा बढी नयाँ खेलाडीमा लगानी गरेको थियो ।

तर कीर्तिमान रकममा भित्रिएका एलेक्जान्डर इसाकसँगै फ्लोरिन विर्टजले अहिलेसम्म गोलको खाता पनि खोल्न सकेका छैनन् । अनि यसै क्रममा आर्ने स्लटको डिफेन्समा एकाएक ठूलो कमजोरी देखिएको छ । गत सिजन स्लट नयाँ प्रशिक्षकका रूपमा आएयता सुरुआती १२ खेलमा पाँच गोल मात्र खाएको थियो । त्यति बेला उनी नयाँ थिए, योर्गन क्लोपले छाडेको भर्खर भर्खर थियो ।

त्यसैले केही पारम्परिक सोचमै रक्षापंक्तिलाई तयार पारे । तर यसपल्ट लिगमा ठीक १२ खेलपछि लिभरपुलले १७ गोल खाइसकेको छ । स्लटसँग अहिले आक्रमणमा पर्याप्त विकल्प छ । युनाइटेडविरुद्ध पनि अन्तिम आधा घण्टाको खेलमा स्लटले पाँच फरवार्डलाई खेलाएको थियो । तर यसले नै टिममा सन्तुलन बिगारेको छ । सबैको ध्यान आक्रमणमै हुँदा ह्यारी म्यागुएरले निर्णायक गोल गरे र त्यति बेला उनी पूरापूर ‘अनमार्क’ थिए ।

ब्रायन एमबुमोले सुरुमै गोल गरेपछि लिभरपुलका लागि कोडी गाक्पोले बराबरी गोल फर्काएका थिए । ‘मलाई पनि के लाग्छ भने हामीले युनाइटेडलाई सजिलै दोस्रो गोलको अवसर दियौं,’ लिभरपुलका कप्तान भर्जिल भान डाइक भन्छन्, ‘हाम्रो ध्यान पूरा खेलमा फर्किनेतर्फ थियो । त्यसैले विजयी गोलको प्रयासमा थियौं । तर हामीले उल्टै थप एक गोल खायौं । यो नै हाम्रो लागि सबैभन्दा खराब क्षण रह्यो ।’

आर्सनलको अर्को एक गोलको जित

आर्सनलको इतिहास भन्नु नै बलियो रक्षापंक्तिले दिलाएको सफलता हो । १९८९ र १९९९ मा जर्ज ग्राहमको नेतृत्वमा आर्सनलले लिग जित्दा एउटा वाक्यांसको जन्म भएको थियो र त्यो थियो, ‘आर्सनलको पक्षमा १ ।’ हाइबरीमा त्यति बेला ठ्याक्कै यस्तै एक गोलको जित धेरै पल्ट रचिए । यसपल्ट मिखेल आर्टेटाको आर्सनल सायद रक्षापंक्तिमा अझ बलियो छ ।

त्यसैले त उसले यो सिजनको सबै खाले प्रतियोगितामा सुरुआती ११ खेलमा जम्माजम्मी तीन गोल खाएको छ र यो क्लब इतिहासमा कीर्तिमानी प्रदर्शन नै हो । फुलहमलाई रोक्ने क्रममा आर्सनलले आफूविरुद्ध एकै आक्रमण पनि बुन्न दिएको थिएन् । यसअघिको खेलमा पनि आर्सनलको प्रदर्शन यस्तै थियो, विपक्षी टिमको आक्रमणलाई पूर्णतः निस्तेज ।

आर्टेटा आफै टिमको यो प्रदर्शनमा खुसी छन् र यो स्वभाविक पनि हो । उनी भन्छन्, ‘टिमले अहिले जसरी खेलिरहेको छ, त्यसमा म खुसी नै छु । मलाई लाग्छ, यसले टिमको मानसिकता र जसरी पनि राम्रो खेल्ने बानीलाई देखाउँछ । जसरी अगाडि खेल्ने खेलाडीले बललाई पछ्याइरहेको हुन्छ, त्यसैले विपक्षी टिममाथि दबाब बढाउँछ । यसले विपक्षी खेलाडी पूरै आत्तिएका छन् ।’ फुलहमविरुद्ध लियान्ड्रो ट्रोसार्डले गरेको एक गोल नै जितका लागि पर्याप्त रह्यो ।

‘ब्ल्याक क्याट्स’ को दमदार सुरुआत

धेरै होइन्, तीन वर्ष अगाडिसम्म पनि सन्डरल्यान्ड इंग्लिस फुटबल संरचनाको तेस्रो डिभिजनमा छ । अहिले यही टिमले प्रिमियर लिगमा तहल्का मच्चाइरहेको छ । ‘ब्ल्याक क्याट्स’ भनिन्छ, यो क्लबलाई । उसले साउदी लगानीले चमचमाएको छिमेकी न्युकासल युनाइटेडलाई पनि पछाडि छाडेको छ र यसक्रमा आत्मसात् गरेको छ, प्रिमियर लिगमा कीर्तिमानी दमदार सुरुआत ।

सन्डरल्यान्डले अहिलेसम्म खेलेका आठ खेलबाट १४ अंक बटुलेको छ र यो प्रिमियर लिगमा उसको अहिलेसम्मकै सबैभन्दा राम्रो सुरुआत हो । भर्खरै उसले स्टेडियम अफ लाइट्समा उल्भ्सलाई मज्जाले २–० ले हरायो । गत सिजन जति पनि टिम बढुवा भएर प्रिमियर लिगमा आएका थिए, ती तीनै टिम सिजनको अन्त्यमा रेलिगेसनमा परे । तर सायद यसपल्ट यस्तो हुन्न ।

यसकै नेतृत्व गरिरहेको छ, सन्डरल्यान्डले । प्रिमियर लिगमा उक्लेयता उसले टिमलाई पूर्णतः नयाँ बनाएको छ, १४ नयाँ खेलाडी किनेर । गत सिजन रेलिगेसनमा परेका साउथह्याम्पटन, लेस्टर सिटी र इपस्विचले आठ खेलबाट संयुक्त रूपमा १४ अंक कमाएको थियो । अहिले सन्डरल्यान्ड एक्लैले यत्तिकै खेलमा त्यत्तिकै अंक बटुलिसकेको छ । २०१८–२०१९ यता यो बढुवा खाएर माथि आएको टिमको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । 

एएफपी

Link copied successfully