समाजका लागि युवा क्लबका नन्दु भण्डारी, जनसेवाका नविन रावल,जनप्रेमीका जगदीश महत र चन्दननाथ ३ 'बी'का इशान बुढ्थापा म्यान अफ द म्याच घोषित भए ।
What you should know
जुम्ला — दीपावली र छठका अवसरमा जुम्लाको चन्दननाथ नगरपालिका-३ ले आयोजना गरेको जिल्लास्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार चार खेल भएका छन् ।
पहिलो खेल चन्दननाथ-३ 'बी' र भगवती युवा क्लबबीच भएकोमा चन्दननाथ-३ 'बी' टिम विजयी बनेको छ । निर्धारित समयमा दुवै टिमले बराबरी गोल गरेपछि पेनाल्टी सुटआउटका आधारमा चन्दननाथ-३ बी ले भगवती युवा क्लबलाई ३-५ गोल गर्दै हराएको थियो ।
दोस्रो खेल चन्दननाथ नगरपालिका र जनसेवा 'ए' युवा क्लबबीच भएको थियो । जसमा चन्दननाथलाई जनसेवाले ०-३ गोल गरेको थियो ।
तेस्रो खेल जनप्रेमी युवा क्लब र आर ब्रोदरबीच भएकोमा जनप्रेमीले जित हात पार्यो । निर्धारित समयमा बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा जनप्रेमीले ५ गोल र आर ब्रोदरले ३ गोल गरेको थियो ।
फुटबल प्रतियोगिताका संयोजक राजबहादुर खत्रीका अनुसार चौथो खेल समाजका लागि युवा क्लब र रोयल कोटिला युवा क्लबबीच भएकोमा रोयल कोटिला पराजित भयो । समाजका लागि युवा क्लबले रोयल कोटिलालाई ०-२ गोल गरेको थियो ।
संयोजक खत्रीका अनुसार समाजका लागि युवा क्लबका नन्दु भण्डारी, जनसेवाका नविन रावल,जनप्रेमीका जगदीश महत र चन्दननाथ ३ 'बी'का इशान बुढ्थापा म्यान अफ द म्याच घोषित भए ।
बुधबार पनि चार खेल हुने आयोजकले जनाएको छ । जसमा पहिलो खेल सुनारटोल र जय शम्भूनाथ युवा क्लबबीच हुनेछ ।
दोस्रोमा सप्तशिला र मिलान युवा क्लब, तेस्रोमा जनप्रेमी 'बी' र भुर्चुला तथा चौथो खेल सडक युवा क्लब र फोइकालिकाबीच हुने कार्यतालिका छ ।
