महिला फुटबलको उपाधि कमाने एकेडेमीलाई

प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्तिक ३, २०८२

प्रताप विष्ट

The academy that wins the women's football title

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-८ कमानेमा सम्पन्न ८ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक कमाने फुटबल एकेडेमीले जितेको छ । 

चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा आइतबार भएको फाइनलमा हेटौंडा फुटबल एकेडेमीलाई ४–० गोल अन्तरले हराउँदै आयोजक कमाने फुटबल एकेडेमीले उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully