९ खेलाडीमा सीमित गेटाफेलाई १–० ले पराजित गर्दै रियल फेरि शीर्ष स्थानमा उक्लेको छ ।
काठमाडौँ — रियल म्याड्रिड स्पेनी ला लिगामा आइतबार राति ९ खेलाडीमा सीमित गेटाफेलाई १–० ले पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लेको छ । खेलको एक मात्र गोल केयलिन एमबापेले गरे ।
फ्रान्सेली खेलाडीले गोल गरेको यो लगातार ११ औं खेल हो । कोलिजम स्टेडिममा भएको खेलमा एमबापेले ८० औं मिनेटमा गोल गरे ।
यो जितपछि रियलको नौ खेलबाट २४ अंक भएको छ । बार्सिलोना दोस्रो स्थानमा छ र उसको समान खेलबाट २२ अंक छ । खेलको अन्त्यतिर गेटाफेले रातो कार्डमा एलान एनयोम र एलेक्स सानक्रिसलाई गुमाएको थियो ।
