प्रशिक्षकका रूपमा रुबेन एमोरिम आएयता युनाइटेडले पनि पहिलो पटक लिगमा लगातार दुई खेल जितेको छ ।
काठमाडौँ — लिभरपुलले ११ वर्षयता पहिलो पटक आइतबार राति लगातार चार खेलमा हार बेहोरेको छ । लिभरपुल म्यानचेस्टर युनाइटेडबाट इंग्लिस प्रिमियर लिगमा २–१ ले पराजित भएको हो ।
एनफिल्डमामा युनाइटेड विजयी रहेको एक दशकयता पहिलो पटक हो । ह्यारी म्यागुएरले ८४ औं मिनेटमा गरेको गोल युनाइटेडको जितका लागि निर्णायक रह्यो ।
प्रशिक्षकका रूपमा रुबेन एमोरिम आएयता युनाइटेडले पनि पहिलो पटक लिगमा लगातार दुई खेल जितेको छ । युनाइटेडले ब्रायन एमबेउमोको गोलले अग्रता लिएपछि लिरभपुलका लागि कोडी गाक्पोले बराबरी गोल फर्काएका थिए ।
खराब लयबाट गुज्रेको इंग्लिस च्याम्पियन लिभरपुल लिगमा तीन र च्याम्पियन्स लिगमा एक गरेर चार खेलमा लगातार पराजित भएको हो ।
