नेपोलीलाई उछिनेर इन्टर शीर्षमा

इन्टरले रोमालाई नै १–० ले हरायो । त्यसमा एनगे योआन बोनीले छैटौं मिनेटमा निर्णायक गोल गरे ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Inter overtake Napoli to top

काठमाडौँ — इन्टर मिलानले नेपोलीलाई उछिनेर शनिबार इटालीको सिरी ए को शीर्ष स्थान कब्जा गरेको छ । एस रोमासँगै दुवै समान समान १५ अंकमा छन् । नेपोलीको हारले इन्टरलाई फाइदा भएको हो ।

यसले लिग उपाधिको होड रोमाञ्चक पनि बनेको छ । इन्टरले रोमालाई नै १–० ले हरायो । त्यसमा एनगे योआन बोनीले छैटौं मिनेटमा निर्णायक गोल गरे ।

यसअघि डिफेन्डिङ च्याम्पियन नेपोली टुरिनोको हातबाट १–० ले स्तब्ध भएको थियो । टुरिनोका लागि नेपोलीकै पूर्व खेलाडी जियोभानी सिमोनीले ३२ औं मिनेटमा निर्णााक गोल गरे ।

कान्तिपुर

Link copied successfully