बायर्नको सात खेलबाट २१ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको आरबी लाइपजिगमाथि पाँच अंकको ठोस अग्रता हो ।
काठमाडौँ — जर्मन बुंडेसलिगामा बायर्न म्युनिकले शनिबार उपाधिको होडमा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई २–१ ले हराएको छ ।
यो जितपछि लिगमा बायर्नको स्थिति अझ मजबुत भएको छ । बायर्नको सात खेलबाट २१ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको आरबी लाइपजिगमाथि पाँच अंकको ठोस अग्रता हो । बायर्नको जितमा ह्यारी केन र मिचेल ओलिसले एक एक गोल गरे ।
डर्टमुन्डका तर्फबाट जुलियन ब्रान्ड्टले एक गोल फर्काए । हारपछि डर्टमुन्ड १४ अंकमा चौथो स्थानमै कायम रह्यो । केनले यो सिजन ११ खेल खेलेकोमा ११ गोल नै गरिसकेका छन् ।
