जिरोनामाथि बार्सिलोनाको साँघुरो जित

यो जितपछि बार्सिलोना नौ खेलबाट २२ अंकमा लिग तालिकाको शीर्षमा उक्लेको छ ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Barcelona's narrow win over Girona

काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार जिरोनामाथि २–१ को साँघुरो जित निकालेको छ । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा रोनाल्ड एराउहोले निर्णायक गोल गरे ।

यो जितपछि बार्सिलोना नौ खेलबाट २२ अंकमा लिग तालिकाको शीर्षमा उक्लेको छ । रियल म्याड्रिड एक खेल कम खेलेर २१ अंकमा दोस्रोमा छ । एटलेटिको म्याड्रिडले अर्को खेलमा ओसासुनालाई १–० ले हरायो ।

त्यसमा थिएगो आल्माडाले ६९ औं मिनेटमा एक मात्र गोल गरे । यो जितपछि एटलेटिको १६ अंकमा चौथो स्थानमा पुगेको छ । 

कान्तिपुर

Link copied successfully