आर्सनल ३ अंकले अगाडि

आर्सनलले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई १–० ले हराएको छ ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Arsenal lead by 3 points

काठमाडौँ — लियानड्रो ट्रोसार्डले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई १–० ले हराएको छ र शीर्ष स्थानमा कायम रहेको छ । यो जितपछि आर्सनलको ८ खेलबाट १९ अंक भएको छ ।

यो दोस्रोमा रहेको म्यानचेस्टर सिटीमाथि ३ अंकको दुरी हो । सिटीले अर्को खेलमा एभरटनलाई २–० ले हरायो । त्यसमा दुवै गोल इर्लिङ हालान्डले दोस्रो हाफमा गरेका थिए ।

यस्तै, ब्राइटनले न्युकासल युनाइटेडलाई २–१, बर्नलीले लिड्स युनाइटेडलाई २–१ र सन्डरल्यान्डले उल्भ्सलाई २–० ले पराजित गर्‍यो । क्रिस्टल प्यालेस र बर्नमाउथले भने रोमाञ्चक ३–३ को बराबरी खेले ।

कान्तिपुर

Link copied successfully