हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोशी क्षेत्रको रैथाने प्रजाति हो । यो जनावरलाई शक्ति र सहनशीलताको प्रतीक मानिन्छ ।
काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिगका लागि पूर्वेली राजा नाम दिएर आफ्नो मस्कटमा अर्ना राखेको छ । यो मस्कटले टिम र पूर्वी क्षेत्रको गहिरो भावनालाई प्रतिनिधित्व गर्ने किंग्सले आइतबार जनाएको छ ।
हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोशी क्षेत्रको रैथाने प्रजाति हो । यो जनावरलाई शक्ति र सहनशीलताको प्रतीक मानिन्छ ।
किंग्सले अर्नालाई मस्कटको रूपमा चयन गरेर आफ्नो क्षेत्रको प्राकृतिक सम्पदाप्रति सम्मान व्यक्त गर्दै दुर्लभ जनावर अर्नाको संरक्षणका लागि जनचेतना फैलाउने सन्देश पनि दिएको जनाएको छ ।