आफ्नै घरको खेलमा युरोपेली च्याम्पियन पीएसजीले ३–१ ले पछाडि रहेको स्थितिबाट पुनर्आगमन गरेको हो ।
काठमाडौँ — फ्रान्सेली च्याम्यिन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा शनिबार लयमा रहेको स्ट्रसबर्गलाई रोमाञ्चक ३–३ को बराबरीमा रोकेको छ । आफ्नै घरको खेलमा युरोपेली च्याम्पियनले ३–१ ले पछाडि रहेको स्थितिबाट पुनर्आगमन गरेको हो ।
यो जितपछि पीएसजी लिग तालिकाको शीर्ष स्थानमा कायम रह्यो, तर उसले त्यसलाई गुमाउन सक्नेछ । स्ट्रसबर्ग १६ अंकमा दोस्रोमा छ भने मार्से र लियोन १५ अंकमा छन् । अब यी दुवैसामु जितसँगै पीएसजीलाई उछिन्ने अवसर हुनेछ ।
स्ट्रसबर्गले पेरिसमा भएको खेलमा पहिलो हाफमै तीन गोल गरेको थियो । पीएसजीका लागि भने दोस्रो हाफमा गोन्जालो रामोस र सेनी मायुलुले दोस्रो हाफमा गोल फर्काए । यससँगै पीएसजी एक बहुमूल्य अंक बटुल्न सफल रह्यो ।
