हारले नटिङघम फरेस्टका प्रशिक्षक एन्गे पोस्टेकोग्लुमाथि दबाब बढ्दो ।
काठमाडौँ — चेल्सीले इंग्लिस प्रिमियर लिगमा समस्याबाट गुज्रिरहेको नटिङघम फरेस्टलाई ३–० ले हराएको छ । शनिबारको यो जितसँग चेल्सी लिग तालिकाको चौथो स्थानमा उक्लेको छ ।
यो जितपछि चेल्सीको आठ खेलबाट १४ अंक भएको छ । फरेस्ट भने पाँच अंकमा सीमित रही १७ औं स्थानमा छ र यो रेलिगेसनबाट एक अंक मात्र अगाडि हो । हारले प्रशिक्षक एन्गे पोस्टेकोग्लुमाथि अझ दबाब बढेको छ ।
सिटी ग्राउन्डमा दस खेलाडीमा सीमित चेल्सीका लागि जोस आचेमपोङ, पेड्रो नेटो र रेस जेम्सले एक-एक गोल गरे । मालो गुस्टोले भने ८७ औं मिनेटमा रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।
