काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिले आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता थियो । प्लेअफ चरणमा माया हेटौंडा रोयल्स, अनमोल पायोनियर्स, मिक्समाण्डु र अल स्टार्ज पुगेका थिए ।
काठमाडौँ — अनमोल पायोनियर्सले माया हेटौंडा रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि इन्डोर सुपर लिग क्रिकेटको उपाधि जितेको छ ।
काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिले आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता थियो । प्लेअफ चरणमा माया हेटौंडा रोयल्स, अनमोल पायोनियर्स, मिक्समाण्डु र अल स्टार्ज पुगेका थिए ।
फाइनलमा अनमोलले टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गरेको हेटौंडा रोयल्सले ५१ रन बनायो । ५२ रनको लक्ष्य पाएको अनमोल पायोनियर्सले ५ विकेटले हराएर उपाधि जित्यो ।
नेपाल क्रिकेट संघका बोर्ड सदस्य सुदीप शर्मा र काठमाडौं जिल्ला क्रिकेट संघका सचिव किरण राणाले पुरस्कृत गरे ।
फाइनलमा प्लेयर अफ द म्याच हरिओम जोशी घोषित भए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रविकुमार शाह भए । उनले २० हजार पुरस्कार पाए ।
उत्कृष्ट ब्याटर रविन जोशी र बलर नितेशकुमार यादव भए । दुवैले समान १० हजार पाए । पुरस्कार रोयल कुवर स्टुडियोले प्रायोजन गरेको थियो ।
विजेता अनमोलले ४ लाखको चेक र ट्रफी तथा उपविजेता हेटौंडा रोयल्सले २ लाखको चेक पाएको थियो ।