राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले क्षतिबारे बुझ्न मैदानको स्थलगत निरीक्षण गरेका थिए ।
काठमाडौँ — ललितपुरको च्यासल रंगशालाको मर्मत कार्य सुरु भएको छ । असोज तेस्रो साता परेको भारी वर्षाका कारण मैदानमा क्षति पुगेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले क्षतिबारे बुझ्न मैदानको स्थलगत निरीक्षण गरेका थिए । सोही क्रममा सदस्य–सचिव घिसिङले तत्काल मर्मत कार्य सुरु गर्न ग्राउन्ड स्टाफलाई निर्देशन दिएका थिए ।
पहिले मैदानको खेल हुने भागलाई प्राथमिकता दिएर मर्मत कार्य सुरु गरिने त्यसपछि अन्य भागको काम थालिने राखेपले जनाएको छ ।
निरीक्षणका दौरान च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले क्षतिको विवरणबारे सदस्य–सचिवलाई अवगत गराएका थिए ।
