जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि एफसीलाई

बिजेता जुम्ला फुटबल क्लबले एक लाख १ हजार एक सय ११ रुपैयाँ नगद र ट्रफी प्राप्त गर्‍यो ।

आश्विन ३०, २०८२

डीबी बुढा

FC wins district-level football tournament title

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकु रंगशालामा भएको जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्ला फुटबल क्लब (एफसी)ले जितेको छ ।

असोज १९ गतेदेखि सुरु भएको प्रतियोगितामा जुम्ला फुटबल क्लबले एचवान युवा क्लब हाँकुलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । 

प्रतियोगितामा ३३ वटा टिमको सहभागिता थियो । पछिल्लो समयमा फुटबल मैदान नहुँदा ग्रामीण क्षेत्रमा रहेका घाँसै मैदानहरुको प्रयोग गरेर प्रतियोगिताहरु आयोजना हुने गरेका छन् । 

बिजेता जुम्ला फुटबल क्लबले एक लाख १ हजार एक सय ११ रुपैयाँ नगद र ट्रफी प्राप्त गर्‍यो । उपविजेता एचवान युवाक्लबले ५१ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्‍यो । जुम्लामा पहिलो पटक यति धेरै धनराशीको फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully