बिहीबार तेस्रो क्वाटरफाइनलमा अभिषेक चर्चले हिमालयन शेर्पा क्लब काठमाडौंलाई ३–२ ले पराजित गरी अन्तिम आठमा स्थान बनाएको थियो ।
पाल्पा — तेश्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगितामा अभिषेक चर्च फुटबल क्लब रजहर सेमिफाइनलमा पुगेको छ ।
बिहीबार तेस्रो क्वाटरफाइनलमा अभिषेक चर्चले हिमालयन शेर्पा क्लब काठमाडौंलाई ३–२ ले पराजित गरी अन्तिम आठमा स्थान बनाएको थियो । विजेताका लागि बिक्की चौधरीले १४ र ७८ औं मिनेटमा दुई गोल गरे भने युवराज ढकालले ६६ औं मिनेटमा एक गोल गरे ।
हिमालयन शेर्पाका विश्वास श्रेष्ठ २३ औं र सुजन गुरुङले २९ औं मिनेटमा गोल गरेका थिए । प्लेयर अफ द म्याच अभिषेक चर्चका बिक्की चौधरी भए । रेडबुल इनर्जेटिक प्लेयर अफ द म्याचको पुरस्कार विजेता टिमकै सुजित बुढाथोकी भए । शुक्रबार देवदह ब्वाइज रूपन्देही र सूर्यपुर फुटबल क्लब चितवनबीच प्रतिस्पर्धा हुनेछ ।
