बुधबार भएको दोस्रो क्वाटरफाइनलतर्फको खेलमा युनाइटेडले सम्पूर्ण युवा क्लब, सुपौली, रूपन्देहीलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश पाएको हो ।
पाल्पा — दोस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको विजेता युनाइटेड युथ क्लब, गिरुबारी, नवलपुर पाल्पाको रामपुरमा जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कपको सेमिफाइनल प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो क्वाटरफाइनलतर्फको खेलमा युनाइटेडले सम्पूर्ण युवा क्लब, सुपौली, रूपन्देहीलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश पाएको हो ।
युनाइटेडका लागि अनिल राना मगरले ह्याट्रिक गरे । यमप्रसाद बुढा मगर, लक्षु थापा मगर र चूडामणी खाम्चा मगरले समान एक–एक गोल गरे । सम्पूर्णका लागि दर्शन विकले सान्त्वना गोल फर्काए ।
खेलको म्यान अफ दी म्याच युनाइटेडका अनिल राना मगर बने । त्यस्तै रेडबुल इनरजेटिक प्लेयर अफ दी म्याचको पुरस्कार युनाइटेड युथकै लक्षु थापा मगरले हात पारे ।
प्रतियोगिताअन्तर्गत असोज ३० बिहीबारको तेस्रो क्वाटरफाइनल खेल अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुर र हिमालयन शेर्पा क्लब, काठमाडौंबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।