थाइल्यान्डको चोनबुरीमा भएको खेलमा समूह ‘एफ’को खेलमा नेपालले निराशाजनक बराबरीमा चित्त बुझाएको हो ।
काठमाडौँ — नेपाल र तुर्किमिनिस्तानले यू–१७ एसिया कप छनोटमा बुधबार गोलरहित बराबरी खेलेका छन् । थाइल्यान्डको चोनबुरीमा भएको खेलमा समूह ‘एफ’को खेलमा नेपालले निराशाजनक बराबरीमा चित्त बुझाएको हो ।
यो नतिजाले दुवै टिम १/१ अंकमा रहे । यो नतिजाले तुर्किमिनिस्तान तीन टिम सम्मिलित छनोटबाट बाहिरिएको छ । उसले दुई खेलबाट एकै अंक मात्र बटुल्न सक्यो ।
यसअघिको खेलमा आयोजक थाइल्यान्डले तुर्किमिनिस्तानलाई १७–० ले हराएको हो र टिम तीन अंकमा शीर्ष स्थानमा छ ।
अब नेपालले शुक्रबार हुने खेलमा थाइल्यान्डको सामना गर्नेछ ।
