इंग्ल्यान्ड विश्वकपमा छनोट

रिगामा भएको खेलमा एन्टोनी गोर्डेन र इबेरेची इजीले पनि एक एक गोल गरे ।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

England qualified for the World Cup

काठमाडौँ — ह्यारी केनको दुई गोलको मद्दतले इंग्ल्यान्डले मंगलबार लात्भियामाथि सजिलो ५–० को जित रचेको छ र यससँगै विश्वकप २०२६ का लागि छनोट हुने पहिलो युरोपेली देश बनेको छ ।

रिगामा भएको खेलमा एन्टोनी गोर्डेन र इबेरेची इजीले पनि एक एक गोल गरे । अर्को एक गोल भने आत्मघाती रह्यो । यो जितपछि थोमस टुचेलको इंग्ल्यान्ड छनोटको समूह ‘के’ मा शीर्ष स्थानमा रहने निश्चित भएको छ ।

प्रशिक्षकमा टुचेल आएयता इंग्ल्यान्डले विश्वकप छनोटका आफ्ना सबै छ खेल जितेको छ । छनोटमा दुई चरणका खेल अगाडि नै इंग्ल्यान्ड विश्वकप पुग्ने निश्चित भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully