पाकिस्तानका लागि बाबर आजमले ४२ र अब्दुल्लाह सफिकले ४१ रन बनाए ।
काठमाडौँ — दक्षिण अफ्रिका पाकिस्तानविरुद्धको पहिलो टेस्टको तेस्रो दिन मंगलबार जिततर्फ अग्रसर देखिएको छ । जितका लागि २ सय ७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै दुई विकेटमा ५२ रन बनाएको छ ।
अब पाहुना टिमलाई जितसम्म पुग्न लहोरमा चलिरहेको खेलमा थप २ सय २६ रन बनाउन आवश्यक छ । उसका लागि टोनी डे जोरजी १६ र रायन रिकलेटन २९ रन बनाएर खेलिरहेका छन् ।
यसअघि पाकिस्तान आफ्नो दोस्रो इनिङ्समा १ सय ६७ रनमा अलआउट भएको थियो । सिमोन हारमरले चार तथा सेनुरन मुथुसमीले पाँच विकेट लिएपछि पाकिस्तान सस्तोमै समेटिएको हो ।
पाकिस्तानका लागि बाबर आजमले ४२ र अब्दुल्लाह सफिकले ४१ रन बनाए ।
