टस जितेको शैलेश्वरीले निर्धारित १२ ओभरमा १ सय ३९ रन बनायो । छिरिङ लामाले २ छक्का ४ चौकासहित ३६ र प्लेयर अफ द म्याच बनेका भारतीय खेलाडी आनन्द अलीले ४० रन बनाए ।
What you should know
डोटी — दीपायलमा भइरहेको दिल्पेश्वर क्रिकेट लिग सिजन–३ मा मंगलबार कालसैनी भैरवविरुद्ध शैलेश्वरी क्लब ३९ रनले विजयी भएको छ ।
टस जितेको शैलेश्वरीले निर्धारित १२ ओभरमा १ सय ३९ रन बनायो । छिरिङ लामाले २ छक्का ४ चौकासहित ३६ र प्लेयर अफ द म्याच बनेका भारतीय खेलाडी आनन्द अलीले ४० रन बनाए । जवाफमा कालसैनीले १२ ओभरमा १ सय रनमात्र बनाउन सक्यो । सुगम साउदले २ छक्का र ४ चौकासहित ४३, साकार द्वारियाले १२ र दीपक टमाटाले १४ रन बनाएका थिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्रले बजार टोललाई ३१ रनले हरायो । पुलिसले १२ ओभरमा १ सय ११ रन बनायो । गोपाल धामीले २ छक्का र ४ चौकासहित ३६ रन र राजेन्द्र माझीले ३५ रन जोडे । जवाफमा बजार टोलले ११ ओभरमा सबै विकेट गुमाई ८० रनमात्र बनायो । , पुलिसका वीरेन्द्र चन्द प्लेयर अफ द म्याच भए ।
अर्को खेलमा मस्टाले तलकोट डोटीलाई २७ रनले हराएको थियो । मस्टाले १२ ओभरमा १ सय १४ रन जोडेको थियो । मस्टाका सुरेश तिरूवाले २९, नवीन सामन्तले २३ र मनलाल बुढाले १० रन बनाए । १ सय १५ रन लक्ष्य पाएको तलकोटले १२ ओभरमा ८७ रनमात्र बनाउन सक्यो । मस्टाका मनोज चन्द प्लेयर अफ द म्याच भए ।
मंगलबारै दीपायल एकेडेमीविरुद्ध लेगठाँटा ‘ए’ विजयी भएको थियो । लेगठाँटाका पूर्ण बोगटी प्लेयर अफ द म्याच भएका थिए ।
