दोस्रो टेस्ट जितपछि भारतलाई सिरिज

जितसँगै दुई टेस्टको सिरिज २–० ले जितेर भारतले क्लिन स्विप गरेको छ ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Series to India after second Test win

काठमाडौँ — भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट मंगलबार सात विकेटले जितेको छ । यस जितसँगै दुई टेस्टको सिरिज २–० ले जितेर भारतले क्लिन स्विप पनि गरेको छ ।

भारतले जितका लागि १ सय २१ रनको लक्ष्य पाएको थियो र त्यसलाई पाँचौ दिन विहानको सत्रमा सात विकेट गुमाएर हात पारेको थियो । त्यसमा केएल राहुल ५८ रन बनाएर नटआउट रहे ।

दिनमा आउट हुने एक मात्र ब्याटर साइ सुदर्शनले ३९ रन बनाए । यस जितसँगै दुई टेस्टको सिरिज २–० ले जितेर भारतले वेस्ट इन्डिजमाथि ह्वाइट वास पनि गरेको छ ।

हारका बावजुत दोस्रो टेस्टमा वेस्ट इन्डिजको ब्याटबाट प्रदर्शन उच्च रह्यो । भारतले पहिलो इनिङ्समा आठ विकेट गुमाएर ५ सय १८ रन बनाएपछि वेस्ट इन्डिजले २ सय ४८ र ३ सय ९० रनको स्कोर खडा गरेको थियो । 

कान्तिपुर

Link copied successfully