फ्रिडम र चाबहिल फाइनल भिड्ने

पाँचौं वडाध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Freedom and Chabhill clash in the final

काठमाडौँ — फ्रिडम फाइटर ‘बी’ र चाबहिल स्पोर्ट्स क्लब ‘ए’ पाँचौं वडाध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् ।

चाबहिलमा भइरहेको प्रतियोगितामा मंगलबार फ्रिडमले कैलालीलाई ६–० गोलले पराजित गर्‍यो । म्यान अफ द म्याच विजय महतले २, प्रकाश राना मगर, कृष्ण मालाकार र कन्या गुरुङले १–१ गोल गरे । एक गोल आत्मघाती थियो ।

काठमाडौं महानगरपालिका-७ को आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा चाबहिलले बानेश्वर फ्रेन्डसिपलई १–० ले हरायो । नितिन गुरुङले निर्णायक गोल गरे । चाबहिलका गोलरक्षक सचिन श्रेष्ठ म्यान अफ द म्याच बने ।

फाइनल बुधबार हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिनेछ ।

कान्तिपुर

Link copied successfully