उसले अफ्रिकी विश्वकप अफ्रिकी छनोटको समूह ‘डी’ मा इस्वाटिनीलाई ३–० ले हराएपछि विश्वकपको टिकट काटेको हो ।
काठमाडौँ — केप भार्डे विश्वकप २०२६ मा छनोट हुने दोस्रो सानो देश भएको छ । उसले अफ्रिकी विश्वकप अफ्रिकी छनोटको समूह ‘डी’ मा इस्वाटिनीलाई ३–० ले हराएपछि विश्वकपको टिकट काटेको हो ।
आफ्नो समूहमा केप भार्डेले अफ्रिकाकै फुटबल शक्ति क्यामरुनलाई उछिनेर समूह विजेता बन्न सफल भएको हो । अटलान्टिक महासागरका १० टापुर मिलेर बनेको केप भार्डेको जनसंख्या पाँच लाख भन्दा केही बढी रहेको छ ।
सन् १९७५ पोर्चुगलबाट स्वतन्त्र भएको केप भार्डेले सबैभन्दा पहिले सन् २००२ को विश्वकपका लागि छनोट खेलेको थियो । सन् २०१८ को विश्वकप खेलेको आइसल्यान्ड विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने अहिलेसम्मकै सानो देश हो ।
