कैलाली र चाबहिलको सेमिफाइनल यात्रा

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा बानेश्वर फ्रेन्डसिप र फ्रिडम फाइटर ‘बी’ पनि सेमिफाइनलमा पुगे ।

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

Semi-final trip between Kailali and Chabhil

काठमाडौँ — कैलाली र चाबहिल स्पोर्ट्स क्लब ‘ए’ पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनल पुगेका छन् ।

कैलालीले चाबहिलको अर्को ‘बी’ टोलीलाई पेनाल्टी सुटआउटमा ७–६ ले पराजित गर्‍यो । कैलालीका गोलरक्षक सुदन बोहरा म्यान अफ द म्याच घोषित भए । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

म्यान अफ द म्याच हरिकृष्ण महर्जन र दीपक लामाले गोलमा चाबहिल ‘ए’ ले बुटवलको वडा ६ लाई २–० ले हरायो ।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा बानेश्वर फ्रेन्डसिप र फ्रिडम फाइटर ‘बी’ पनि सेमिफाइनलमा पुगे ।

बानेश्वरले चितवन भेट्रानलाई ४–२ ले हराउँदा म्यान अफ द म्याच युद्ध शाहीले २ तथा पवि केसी र नारायण कार्कीले १–१ गोल गरे । चितवनका रवीन्द्र श्रेष्ठ र आनन्द श्रेष्ठले गोल फर्काए ।

फ्रिडम ‘बी’ ले हेटौंडालाई २–० गोलले हरायो । विजेताका म्यान अफ द म्याच कृष्ण मालाकार र राजकुमार केसीले गोल गरे ।

सेमिफाइनलमा फ्रिडम ‘बी’ को भेट कैलालीसँग हुनेछ भने चावहिल ‘ए’ ले बानेश्वरको सामना गर्ने छ । दुवै सेमिफाइनल मंगलबार हुनेछ ।

कान्तिपुर

Link copied successfully