चेकमाथि फारोको स्तब्धपूर्ण जित

खेल सकिन नौ मिनेट अगाडि मार्टिन एगनारसनले निर्णायक गोल गरे । यो जितले समूह ‘एल’ बाट फारोको विश्वकपमा छनोट हुने झिनो सम्भावना कायम रह्यो ।

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

Pharaoh's shock victory over the Czechs

काठमाडौँ — फारो आइल्यान्डले युरोपेली विश्वकप छनोटमा आइतबार सबैभन्दा ठूलो स्तब्धपूर्ण नतिजा रचेको छ र यसक्रममा उसले शक्तिशाली चेक गणतन्त्रलाई २–१ ले हराएको छ ।

खेल सकिन नौ मिनेट अगाडि मार्टिन एगनारसनले निर्णायक गोल गरे । यो जितले समूह ‘एल’ बाट फारोको विश्वकपमा छनोट हुने झिनो सम्भावना कायम रह्यो ।

आइतबारका अन्य खेलमा डेनमार्कले ग्रिसलाई ३–१, पोल्यान्डले लिथुवानियालाई २–०, रोमानियाले अस्ट्रियालाई १–० र क्रोएसियाले जिब्राल्टरलाई ३–० ले हरायो ।

कान्तिपुर संवाददाता

Link copied successfully