भारत घरेलु भूमिमा शृंखला जित नजिक

दिनको खेल समाप्त हुँदा भारतले आफ्नो दोस्रो इनिङ्समा एक विकेट गुमाएर ६३ रन बनाएको छ । अब घरेलु टिम जितबाट ५८ रन टाढा छ । केएल राहुल २५ र साइ सुदर्शन ३० रनमा नटआउट छन् । उनीहरूले ५४ रनको साझेदारी गरिसकेका छन् ।

आश्विन २७, २०८२

एएफपी

India close to series win on home soil

What you should know

नयाँ दिल्ली — वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको चौथो दिन भारत जित नजिक पुगेको छ । यससँगै भारत सिरिज जितको संघारमा छ । नयाँ दिल्लीको अरुण जेट्ली क्रिकेट मैदानमा सोमबार भारतले जितका लागि १ सय २१ रनको लक्ष्य पाएको थियो ।

दिनको खेल समाप्त हुँदा भारतले आफ्नो दोस्रो इनिङ्समा एक विकेट गुमाएर ६३ रन बनाएको छ । अब घरेलु टिम जितबाट ५८ रन टाढा छ । केएल राहुल २५ र साइ सुदर्शन ३० रनमा नटआउट छन् । उनीहरूले ५४ रनको साझेदारी गरिसकेका छन् ।

आउट हुने एकमात्र ब्याटर यशस्वी जयसवालले ८ रन बनाए । दुई टेस्टको सिरिजमा भारत १–० ले अगाडि छ । अब दोस्रो टेस्ट जितेर सिरिजमा ‘क्लिन स्विप’ गर्नेछ । यसअघि फलो–अनमा परेको वेस्ट इन्डिज आफ्नो दोस्रो इनिङ्समा ३ सय ९० रन बनाएर अलआउट भएको थियो ।

त्यसमा दुई शतक सामेल थियो । जोन क्याम्पवेलले १ सय १५ र साइ होपले १ सय ३ रनको सानदार शतकीय इनिङ्स खेले । ओपनर क्याम्पवेलले १ सय ९९ बलका १२ चौका र तीन छक्का प्रहार गरे । होपको २ सय १४ रनको संयमित इनिङ्समा १२ चौका र दुई छक्का सामेल थियो ।

पाकिस्तान–दक्षिण अफ्रिका

लहोर– टोनी डे जेरेमीको ८१ रनको मदतमा दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको पहिलो टेस्टको दोस्रो दिन सोमबार पहिलो इनिङ्समा ६ विकेट गुमाएर २ सय १६ रन बनाएको छ । तर दक्षिण अफ्रिका अझै १ सय ६२ रनले पछाडि छ ।

डे जेरजीसँगै र सेनुरन मुथसमी ६ रनमा नटआउट छन् । पाकिस्तानी बलरमध्ये नोमन अलीले ८५ रनमा ४ विकेट लिएका छन् । त्यस अगाडि पाकिस्तान आफ्नो पहिलो इनिङ्समा ३ सय ७८ रन बनाएर अलआउट भयो । त्यसमा मुथसमीले १ सय १७ रन खर्चेर ६ विकेट लिए ।

एएफपी

Link copied successfully