घाना विश्वकपमा छनोट

उसले आइतबार आक्रामा भएको खेलमा कोमोरोसलाई १–० ले हरायो र त्यसमा मोहम्मद कुडोसले निर्णायक गोल गरे ।

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

Ghana qualified for the World Cup

काठमाडौँ — घाना विश्वकप २०२६ मा छनोट हुने पाँचौं अफ्रिकी देश भएको छ । उसले आइतबार आक्रामा भएको खेलमा कोमोरोसलाई १–० ले हरायो र त्यसमा मोहम्मद कुडोसले निर्णायक गोल गरे ।

टोटनहमका कुडोसले दोस्रो हाफको सुरुमै गोल गरेका हुन् । छनोटको समूह ‘आई’ मा प्राप्त यस जितपछि घानाले दोस्रोमा रहेको माडागास्करमाथि छ अंकको निर्णायक अग्रता लिएको छ ।

माडागास्कर भने निश्चित जित आवश्यक रहेको अर्को खेलमा मालीसँग ४–१ ले पराजित रह्यो । अफ्रिकाबाट ट्युनिसिया, मोरक्को, इजिप्ट र अल्जेरिया पनि आगामी विश्वकपका छनोट भइसकेका छन् ।

कान्तिपुर

Link copied successfully