अस्ट्रेलियामा टेबलटेनिस खेलाडी सम्मानित

अक्टोबर ८ देखि ११ सम्म अस्ट्रेलियाको पर्थमा भएको प्रतियोगिताका प्रतिस्पर्धी ३ खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक सम्मानित भएका हुन् ।

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

Australian table tennis player honored

काठमाडौँ — डब्लूटीटी युथ कन्टेन्डर प्रतियोगिताका प्रतिस्पर्धी खेलाडीसहित नेपाली टेबलटेनिस टोलीलाई एनआरएनए वेस्टर्न अस्ट्रेलियाले सम्मान गरेको छ ।

अक्टोबर ८ देखि ११ सम्म अस्ट्रेलियाको पर्थमा भएको प्रतियोगिताका प्रतिस्पर्धी ३ खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक सम्मानित भएका हुन् ।

सम्मानित हुने खेलाडीमा आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्य, प्रशिक्षकमा राकेश महर्जन तथा टोली व्यवस्थापकमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन छन् ।

उनीहरुलाई एनआरएनए वेस्टर्न अस्ट्रेलियाका स्टेट को–ओर्डिनेटर हरिवंश सञ्जेल, एनआरएनए वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष नवीन भण्डारी, नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियाका पूर्व अध्यक्ष आङदावा शेर्पा र टेबलटेनिसका पूर्व नेपाल च्याम्पियन अजय सुवालले सम्मान गरे ।

नेपाली टोली पर्थबाट अक्टोबर १४ देखि १८ तारिखसम्म हुने टेबलटेनिस प्रशिक्षण सिविरमा सहभागी हुन थाइल्यान्ड जाने छ ।

कान्तिपुर

Link copied successfully