खेल सुरू भएको १८ औं मिनेटमा सुर्यपुर फुटबल क्लब चितवतका आशीष थिङले पहिलो गोल गरेर अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा पुनः सुर्यपुरकै विक्की चाम्लिङ राईले गोल थपेर खेललाई बलियो स्थान बनाए ।
पाल्पा — तेस्रो ज्योतीपुञ्ज कपअन्तर्गत सोमबारको खेलमा सुर्यपुर फुटबल क्लब चितवन अन्तिम आठमा प्रवेश गरेको छ । होराइजन क्लब वालिङ स्याङ्जालाई २–० ले पछि पार्दै चितवन क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेल सुरू भएको १८ औं मिनेटमा सुर्यपुर फुटबल क्लब चितवतका आशीष थिङले पहिलो गोल गरेर अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा पुनः सुर्यपुरकै विक्की चाम्लिङ राईले गोल थपेर खेललाई बलियो स्थान बनाए ।
सुर्यपुर फुटबल क्लब चितवनका आशिष थिङ प्लेयर अफ दि म्याच भए । सोही क्लबका विक्की चाम्लिङ राईले रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याचको उपाधि जिते ।
रामपुर नगरपालिका–७, किसानबारीमा सुरू वाईवाई तेस्रो ज्योतिपुञ्ज कप २०८२ राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा अभिषेक चर्च फुटबल क्लब, रजहर नवलपुर न्यू युथ युनियन क्लब, तानसेन पाल्पालाई ३–२ ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ ।
पाल्पाकै सर्वाधिक पुरस्कार राशीसहितको प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १० समूहले भाग लिएको क्लबका अध्यक्ष सुन्दर रानाले बताए । काठमाडौंको हिमालयन शेर्पासहित प्रतियोगितामा आयोजक ज्योतीपुञ्ज युवा क्लब, अभिषेक चर्च रजहर नवलपुर, न्यू युथ युनियन क्लब तानसेन पाल्पा, सम्पूर्ण युथ क्लब रूपन्देही, भैरव स्पोर्ट्स क्लब नवलपरासी, सूर्यपुर फुटबल क्लब, चितवन, होराइजन क्लब वालिङ स्याङ्जा र देवदह ब्वाईज रूपन्देहीको सहभागिता छ ।
प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । विजेता समूहले नगद ३ लाख ५० हजार र उपविजेताले २ लाख रूपैयाँसहित ट्रफी जित्नेछन् । सेमिफाइनल पराजित टिमले २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
