वेस्ट इन्डिज फलो–अन गर्दै

ब्याटबाट केही बलियो जवाफ दिने क्रममा साइ होप ६६ र जोन क्याम्बेल ८७ रन बनाएर खेलिरहेका छन् । उनीहरूले तेस्रो विकेटका लागि १ सय ३८ रनको साझेदारी गरिसकेका छन् ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

West Indies follow-on

काठमाडौँ — वेस्ट इन्डिजले भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको तेस्रो दिन आइतबार फलो–अन गर्दै आफ्नो दोस्रो इनिङ्समा २ विकेट गुमाएर १ सय ७३ रन बनाएको छ । पाहुना टिम अझै ९७ रनले पछाडि छ ।

ब्याटबाट केही बलियो जवाफ दिने क्रममा साइ होप ६६ र जोन क्याम्बेल ८७ रन बनाएर खेलिरहेका छन् । उनीहरूले तेस्रो विकेटका लागि १ सय ३८ रनको साझेदारी गरिसकेका छन् ।

यसअघि वेस्ट इन्डिज आफ्नो पहिलो इनिङ्समा २ सय ४८ रन बनाएर अलआउट भएको थियो । एलिक एथानजेले सर्वाधिक ४१ रन बनाए । यस्तै होपले ३६ रनको योगदान गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully