स्पेनको शतप्रतिशत प्रदर्शन कायम

यो जितपछि स्पेनको तीन खेलबाट नौ अंक भएको छ र समूह ‘ई’ मा स्थिति अनुकुल बनेको छ ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

Spain's 100% performance maintained

काठमाडौँ — स्पेनले युरोपेली विश्वकप छनोटमा आफ्नो शतप्रतिशत सुरुआतलाई शनिबार कायम राख्दै जर्जियालाई २–० ले हराएको छ । त्यसमा येरेमी पिनो र मिखेल ओयारजबालले एक एक गोल गरे । यो जितपछि स्पेनको तीन खेलबाट नौ अंक भएको छ र समूह ‘ई’ मा स्थिति अनुकुल बनेको छ ।

यही समूहको अर्को खेलमा टर्कीले बुल्गेरियालाई ६–१ ले हरायो । समूह ‘आई’ मा नर्वेले इजरायललाई सजिलै ५–० ले हरायो र त्यसमा इर्लिङ हालान्डले ह्याट्रिक गरे । यो जितले नर्वे सन् १९९८ यता पहिलो पटक विश्वकपमा छनोट हुने स्थितिमा पुगेको छ ।

यस्तै समूह ‘एफ’ मा पोचुृगलले उत्तरी आयरल्यान्डमाथि १–० को जित रच्यो । रुबेन नेभासले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेट खेलको एक मात्र गोल गरे । यो समूहमा हंगेरी दोस्रो स्थानमा छ । उसले अर्को खेलमा आरमेनियालाई २–० ले पराजित गर्‍यो ।

कान्तिपुर संवाददाता

Link copied successfully