आइतबारको खेलमा प्रहरी टिमका गोपाल धामी, घोल्तडाका जनक सुनार र आयोजक ‘ए’का शिशिर थापा म्यान अफ द म्याच भए ।
डोटी — डोटीको दिपायलमा जारी दिल्पेश्वर क्रिकेट लिग सिजन–३ मा आइतबार तीन खेल भएका छन् । जसमा आयोजक ‘ए’, घोल्तडा र सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल विजयी भएका छन् ।
आइतबार पहिलो खेल वाईबी बोइज र सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रबीच भएको थियो । प्रहरीले पहिले ब्याटिङ गर्दै निर्धारित १२ ओभरमा ८० रन बनाएको थियो । प्रहरीका लागि गोपाल धामीले ३० रन बनाउनु बाहेक अन्यले राम्रो खेल्न सकेनन् ।
त्यस्तै रोयल पूर्वीचौकी र घोल्तडाबीचको खेल घोल्तडाले जितेको थियो । टस जित्दै ब्याटिङ रोजेको घोल्तडाले निर्धारित १२ ओभरमा २ सय ६ रन बनाएको थियो । घोल्तडाका खेलाडी तिलक विष्टले १७ बल खेल्दै ९ छक्का र ४ चौकाको मद्धतले ७७ रन बनाएका थिए । यस्तै जनक सुनारले ३२ बल खेल्दै ५ छक्का र ५ चौकाको मद्धतले ७१ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको पूर्वीचौकी १२ ओभरमा १ सय ३८ रनमै समेटियो ।यस्तै आयोजक ‘ए’ र सिरखोली सैनबीचको तेस्रो खेलमा ब्याटिङ गरेको आयोजकले१ सय ४२ रन बनाएको थियो । आयोजकका तर्फबाट अजय विष्टले ५ छक्का र ४ चौका मद्धतले ४७ रन बनाए भने शिशिर थापाले ४४ र आकुश खड्काले २१ रनको योगदान दिएका थिए ।
प्रहरी टिमका खेलाडी गोपाल धामी, घोल्तडाका जनक सुनार र आयोजक ‘ए’का शिशिर थापा म्यान अफ द म्याच भए ।
