एक दर्जन जति समर्थनले नेपाली फुटबलमा देखिएको अव्यवस्था, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहितालगायत विषयमा विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
काठमाडौँ — नेपाली फुटबल समर्थकले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) को एन्फा कम्प्लेक्स सातदोबाटोमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
एक दर्जन जति समर्थनले नेपाली फुटबलमा देखिएको अव्यवस्था, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहितालगायत विषयमा विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
समर्थकले प्रदर्शन गर्ने गरेपछि सातदोबाटो परिसरमा सुरक्षाकर्मी बाक्लो उपस्थिति रहेको थियो । प्रदर्शनकै कारण सहिद स्मारक लिग 'ए' डिभिजन आयोजना एन्फा र १४ क्लबबीचको बैठक स्थगित गरिएको छ ।