पाकिस्तानको बलियो सुरुआत

मोहम्मद रिजवान ६२ र सल्मान आगा ६२ रन बनाएर नटआउट छन् । उनीहरूले छैटौं विकेटका लागि १ सय १४ रनको साझेदारी गरेका छन् ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध आइतबारदेखि लाहोरमा सुरु भएको पहिलो टेस्टको पहिलो दिन बलियो सुरुआत लिएको छ । पहिलो दिनको खेल समाप्त हुँदा पाकिस्तानले पाँच विकेट गुमाएर ३ सय १३ रन बनाएको छ ।

त्यसमा मोहम्मद रिजवान ६२ र सल्मान आगा ६२ रन बनाएर नटआउट छन् । उनीहरूले छैटौं विकेटका लागि १ सय १४ रनको साझेदारी गरेका छन् ।

त्यस अगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको पाकिस्तानका लागि ओपनर इमान उल हकले ९३ र कप्तान सान मसुदले ७६ रन बनाएका थिए ।

कान्तिपुर

Link copied successfully